एमालेको काठमाडौँमा आज शक्ति प्रदर्शनसहित जनप्रदर्शन
नेकपा एमालेले आज काठमाडौँमा ठूलो जनप्रदर्शन गर्ने भएको छ। एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो। पार्टीले यस जनसभालाई शक्ति प्रदर्शनको रूपमा अर्थ्याउँदै आएको छ।
संसद विघटन र सुशीला कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको दाबी गर्दै त्यसको विरोधस्वरूप जनसभा गर्न लागिएको एमाले नेताहरूले बताएका छन्। पार्टीका नेता महेश बस्नेतले आजको जनसभामा करिब ६० हजार सहभागी उतार्ने दाबी गरेका छन्। यसअघि एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गरी कार्यक्रमलाई व्यापक र व्यवस्थित बनाउन तयारी गरेको थियो।
आजको जनप्रदर्शन एमालेको हालको राजनीतिक अभियानको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।