विप्लवबाट दाङका सात युवा प्रचण्ड नेतृत्वमा प्रवेश
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी आएका दाङका युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त समूहलाई संयोजक प्रचण्डले स्वागत गर्दै नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा विप्लवका दाङ जिल्ला सचिवालय सदस्य सुदर्शन सुनार, जिल्ला सचिवालय सदस्य दीपेन्द्र वली, विवेक कुमार विक, दिलीप वली, ठाकुर प्रसाद गौतम, हेमराज विक र कुमार चपाइ रहेका छन् ।