रूपन्देहीमा विद्युत् करेन्ट लागेर युवकको मृत्यु
रूपन्देही, देवदह – विद्युत् करेन्ट लागेर रूपन्देहीको देवदहमा २९ वर्षीय देवबहादुर आलेको मृत्यु भएको छ।
देवदह प्रहरी चौकीका अनुसार आले बुधबार बिहान करिब पौने १२ बजे बुलिङटार नगरपालिका–१ नवलपुर निवासी आलेलाई देवदह वडा नं ६ खैरेनीस्थित कृष्ण क्षेत्रीको घरमा बिहेको लागि झालर टाँग्ने क्रममा ११ केभी लाइनको करेन्ट लागेको थियो।
आलेलाई अचेत अवस्थामा उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। वरिष्ठ सई कवि सेन्चुरीका अनुसार घटना स्थलमा सुरक्षा मापदण्डको पालना भएन भन्ने प्रारम्भिक देखिएको छ।