नवलपरासीमा बस दुर्घटना, २० जना घाइते
नवलपरासी — पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा आज बिहान भएको बस दुर्घटनामा २० जना घाइते भएका छन्।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटनामा परेपछि घाइतेहरूलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले उद्धार गरेको र बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।