पूर्व एआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश
काठमाडौँ – नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
शुक्रबार पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले औपचारिक रूपमा पार्टीमा स्वागत गरे।
पोखरेल २०७७ मंसिर २५ गते एआइजीमा पदोन्नति भएका थिए र २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए। प्रहरी सेवाबाट निवृत्त भएपछि उनी राजनीतिक यात्रा सुरू गर्दै रास्वपामा आवद्ध भएका हुन्।