नेप्से ४.९८ अंकले घट्यो, ३ अर्ब ७७ करोडको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । बुधबार कारोबार समयको अन्तिममा बजार सूचक ४.९८ अङ्कले घटेको हो । योसँगै २५६१.०८ विन्दुमा कायम भएको छ ।
आज बजारमा ३ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबार भएका कुल स्टकहरूमध्ये १७० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७७ कम्पनीको मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
अधिकांश कम्पनीको मूल्य घटे पनि आज बजारमा ८ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लागेका कम्पनीहरूमा माबिलुङ इनर्जी, धरमखोला हाइड्रोपावर, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपूर केबलबार र झापा इनर्जी रहेका छन् । सबैभन्दा धेरै मूल्य कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक घटेको छ ।
बजारमा आज होटल, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढ्दा बाँकी सूचक घटेका छन् । सबैभन्दा धेरै होटल समूहको सूचक बढ्दा सबैभन्दा धेरै विकास बैंक सूचक घटेको छ ।
कारोबार रकमको आधारमा आज बरुण हाइड्रोपावरको सर्वाधिक २७ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसपछि साहस ऊर्जा र राधी जलविद्युत कम्पनीको बढी कारोबार भएको छ । maketitle