केपी शर्मा ओलीले एमालेमा हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक भएको बताए
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया भएको र समय अनुसार हुने बताएका छन्। उनी आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित महाधिवेशन लोगो सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
ओलीले भने, “अधिवेशन हुँदा कमिटीमा केही साथी हट्ने केही नयाँ आउने सिलसिला हुन्छ। पुनर्गठन, हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक विषय हुन् र आवश्यकता अनुसार हुनेछन्।” उनले थपे, “अधिवेशन विधि–विधान, संगठनात्मक नीति, राजनीतिक कार्य र आगामी दिनको मार्गनिर्देशनका लागि आवश्यक छ।”
अध्यक्ष ओलीले पार्टीको नेतृत्व र संरचनामा हुने परिवर्तनलाई प्राकृतिक प्रक्रिया भएको भन्दै यसबारे अत्यधिक जोड दिनुपर्ने विषय नभएको बताए।