लिम्चुङबुङमा ५४ वर्षीया महिलामाथि जबरजस्ती करणी आरोपमा एक पुरुष पक्राउ
उदयपुर । लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटे मिलनटोल निवासी ५८ वर्षीय ज्ञानबहादुर राईलाई ५४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको टोलीले उजुरीको आधारमा राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ।