सेयर बजारमा बढ्यो नेप्से, सबै समूहका सूचक हरियो
काठमाडौँ, २ मंसिर। मंगलबार सेयर बजारमा सकारात्मक क्रम देखिएको छ। नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६ अंकमा पुगेको छ। अघिल्लो दिनको ३ अर्ब ९४ करोड रुपैयाँको कारोबारको तुलनामा आज कारोबार रकम ४ अर्ब १० करोड पुगेको छ।
आज २०७ कम्पनीको मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको र ५ कम्पनीको स्थिर रहेको छ। सबै समूहगत सूचक हरियो रहे। बैंकिङ ०.३१%, विकास बैंक १.२५%, फाइनान्स ०.८९%, होटल तथा पर्यटन १.२८%, जलविद्युत् ०.९३%, लगानी १.०३%, जीवन बीमा ०.४६%, उत्पादन तथा प्रशोधन ०.२०%, माइक्रोफाइनान्स ०.४७%, निर्जीवन बीमा ०.८४%, अन्य ०.५३% र व्यापार ०.०९% ले वृद्धि देखाएको छ।
आज पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यसमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार रहेका छन्। यी सबै कम्पनी हालै सूचीकृत भएका नयाँ कम्पनीहरू हुन्।