प्रधानमन्त्री कार्की र एमाले नेताबीच बालुवाटारमा संवाद, राजनीतिक समन्वयका एजेन्डामाथि छलफल
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवासमा जारी छलफलमा एमाले तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन्।
सरकारतर्फ प्रधानमन्त्री कार्कीका साथै सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल उपस्थित छन्।
प्रधानमन्त्री कार्कीले पछिल्ला राजनीतिक घटनाक्रम, आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सहकार्यका विषयमा दलगत शीर्ष नेताहरूसँग संवाद अघि बढाउने योजना बनाएकी छन्।
स्रोतहरूका अनुसार, प्रधानमन्त्रीले अन्य दलका नेताहरूसँग पनि निकट भविष्यमा यस्तै छलफल गर्ने तयारी गरेकी छन्।