गोरखामा यात्रुवाहक बस दुर्घटना, २० जना सवारमध्ये केही घाइते
१४ मंसिर, काठमाडौं — गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस आइतबार दिउँसो दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार ना ४ ख १४१९ नम्बरको बस आँबुखैरेनी–गोरखा सडक खण्डअन्तर्गत १२ किलो नजिकै दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सोही स्थानमा रोकिएको अवस्थामा अचानक गुडेर केही मिटर तल झरेको थियो। बसमा करिब २० जना सवार रहेका थिए।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेकाले आवश्यक उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।