नेप्से ९.७८ अंकले बढ्यो, विकास बैंक र होटल–पर्यटन समूहमा प्रमुख उछाल
१ मंसिर, काठमाडौं ।
सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेर २५५० मा पुगेको छ। १६७ कम्पनीको मूल्य बढ्दा ७६ कम्पनीको घटेको र १३ कम्पनीको स्थिर रहेको छ।
कारोबार रकम पनि बढेर ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, अघिल्लो दिनको ३ अर्ब ८९ करोड रुपैयाँको तुलनामा। समूहगत रूपमा विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा बढी बढेका छन्। बैंकिङ ०.१३, फाइनान्स ०.५६, हाइड्रोपावर ०.८८, जीवन बीमा ०.६४ प्रतिशत बढेका छन्।
विशेषगरी हालै सूचीमा आएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ग्रिन डेभलपमेन्ट बैंक ८.८९, जोशी हाइड्रोपावर ७.८४, माबिलुङ इनर्जी ७.३७ र कर्पोरेट डेभलपमेन्ट बैंक ७.२४ प्रतिशतले बढेका छन्।
उता भूगोल इनर्जीको मूल्य १० प्रतिशत घटेर सबैभन्दा बढी घटेको कम्पनी बनेको छ। नेपाल माइक्रो इन्स्योरेन्स ३.२१ र स्वाभिमान लघुवित्त २.४० प्रतिशतले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरू साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, राधि विद्युत् र युनियन हाइड्रोपावर रहेका छन्।