प्रवासबाटै मतदाता नामावली दर्ता गराउन रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार महामन्त्री कवीन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग पुगेर पत्र दर्ता गराएका हुन् ।
पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरूका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गरिएको छ ।
आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी माग सहितको पत्र बुझाएको रास्वपाले जनाएको छ ।