खानेपानीमन्त्री यादवले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा खानेपानीमन्त्री रहेका प्रदीप यादवले राजीनामा दिएका छन् । खानेपानीमन्त्रीबाट राजीनामा गरेको यादवले बताए । उनी जसपा नेपालका सांसद हुन् ।
जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् ।
ओली नेतृत्वको सरकारबाट यसअघी गृहमन्त्री रमेश लेखकले १९ जनाको मृत्यु हुने गरी भएको घटनाको जिम्मेवारी लिँदै राजीनामा गरिसकेका छन् । त्यस्तै कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदबाट राजीनामा गरेका छन् ।