लिभरपुलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन
लिभरपुलका चर्चित फरवार्ड २८ वर्षीय डियोगो जोटा र उनका भाइ २६ वर्षीय आन्द्रे जोटाको स्पेनमा बिहीबार भएको कार दुर्घटनामा निधन भएको छ।
यात्राका क्रममा दुवैजना दाजुभाइको निधन बिहीबार स्पेनको सामोरा प्रान्तको सेर्नादिल्ला नगरपालिकास्थित मोटरवेमा दुर्घटना हुँदा भएको हो।
स्पेनको सिभिल गार्डका अनुसार, जोटा र पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनेफियलका खेलाडी उनका भाइ आन्द्रे जोटा लेमबोर्गिनी गाडीमा यात्रा गरिरहेका बेला दुर्घटना भएको हो ।
तीव्र गतिमा रहेको उनीहरू सवार कारले ओभरटेक गर्ने क्रममा टायर पड्किएर सडकबाट बाहिरिँदा आगो लागेको थियो। गाडीमा आगलागी भएपछि नजिकैको झाडीसमेत जलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।