हावर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हावर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ। विश्वविद्यालयलाई लेखिएको चिठीमा विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम रोक्ने भनिएको छ। सो कार्यक्रम होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले निगरानी गरेको थियो।
सो चिठी अनुसार हावर्डलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएसँगै एक विश्वविद्यालयबाट अर्कोका स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्नेछ। हावर्डले विज्ञप्ति जारी गर्दै यो निर्णय अन्यायपूर्ण र प्रतिरोधात्मक भएको जनाएको छ।