देउवा समूहको दैलेख जिल्ला सभापतिमा दिनेश हमाल सर्वसम्मत निर्वाचित
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दैलेख जिल्ला सभापतिमा दिनेश हमाल सर्वसम्मत निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न जिल्ला अधिवेशनले पूर्वमहाधिवेशन प्रतिनिधिसमेत रहेका हमाललाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो। देउवा समूहका युवा नेता विनोदकुमार शाहीका अनुसार अन्य पदाधिकारीको टुङ्गो भने केही दिनमा लाग्नेछ।
यसअघि दैलेखका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो। क्षेत्रीय अधिवेशनबाट निर्वाचन क्षेत्र नम्बर १ मा विनोदकुमार मल्ल र निर्वाचन क्षेत्र नम्बर २ मा नैनबहादुर शाही क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए।
जिल्ला सभापतिमा हमालको सर्वसम्मत चयनसँगै देउवा समूहको दैलेख जिल्ला नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।