कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टी सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शपथ लिएसँगै पार्टीको केन्द्रीय समितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढेको छ।