रविको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा शुक्रबार पनि सुनुवाइ हुँदैछ । बुधबार बहस नसकिएपछि आज (बिहीबार)का लागि हेर्दाहेर्दैमा रहेको थियो थियो ।
पटक पटक स्थगित हुँदै आएको रिटमा गत मङ्गलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको छ ।
बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा शुक्रबार पीडितका तर्फबाट कानून व्यवसायीले बहस गरेपछि जवाफी बहस सुरु हुनेछ । जवाफी बहसपछि आदेश आउने छ । यसअघि बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलगायत र सरकारी वकिलले बहस गरेका थिए ।