मेक्सिकोमा भएको गोलाबारीमा सात जनाको मृत्यु
दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ । ताबास्को राज्यको भिल्लाहेर्माेसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो । यस घटनामा सुरुमा मृत्यु हुने पाँच जना मात्रै थिए । पछि अरू दुई जनाको पनि मृत्यु भएको प्रहरीले बताए ।
यस घटनामा अन्य पाँच जना घाइते भएको बताइएको छ । बारमा गोली चलाउने अपराधीहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।