काठमाडौँको टंकेश्वरबाट १६ वर्षीय बालक सम्पर्कविहीन
काठमाडौँ महानगरपालिका–१३ स्थित टंकेश्वरबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । भारत घर भएर परिवारसँग टंकेश्वरमा बस्दै आएका १६ वर्षीय विशालकुमार बेपत्ता भएका हुन् । उनी मंसिर २२ बाट हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका छन् ।
भारत मोतिहारी जिल्ला ग्रामपोष्ट कलवारी डुवहा थाना घर भएका बालकका बुवा मनोज शाहले प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका हुन् । उनको खोजीका लागी प्रहरी वृत्त कालीमाटीले अन्य प्रहरी युनिटमा समेत हुलिया परिपत्र गरेको जनाएको छ ।