गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
मनाङे समूहले २०६१ मा चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार हानेको प्रकरणमा उनलाई अदालतले दोषी ठहर गरेपछि उनी पक्राउ परेका हुन् ।