कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार लागुऔषध नियन्त्रण ब्युरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ निवासी २५ वर्षीय डेबिट चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन् ।
]लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।