ताप्लेजुङमा पहिरो जाँदा गाउँपालिका उपाध्यक्षका बुबा-आमासहित ४ जनाको मृत्यु, २ घाइते
काठमाडौं । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिम र तिङ्दुमा बिहीबार राति पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
पहिरोले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुबा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीय जसमाया लिम्बु र २ जना जुम्ल्याहा बहिनी ९ वर्षीय गंगा लिम्बु र जमुना लिम्बुसहित ४ जनाको मृत्यु भएको हो उपाध्यक्ष लिम्बुले आफ्नो परिवार नै गुमाउनु परेको र अन्य ३ परिवार प्रभावित भएको बताउनुभयो ।
पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरा समेत मरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हो । सोही ठाउँका ४० वर्षीय युगेन र उनकी ३ वर्षीय छोरी गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।