ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, २ घाइते
काठमाडौं । ओखलढुंगामा बुधबार बिहान पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।
सोही पहिरोमा परी एकै परिवारका २ जना घाइते भएको प्रहरीले बताएको हो । चिशंखुगढी गाउँपालिका-५ शेर्नामा पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु भएको हो ।
बुधबार बिहान २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते भएका मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् । उनीहरुलाई पहिरोबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको हो ।
उनीहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ।