कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरूद्धको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं । कोशी प्रदेश सरकार गठनकोविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा बुधबार सुनुवाई हुने भएको छ ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर नेकपा एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ति संविधान सम्मत नभएको भन्दै रिट दायर गर्नुभएको हो । कार्कीले रिटमा मुख्यमन्त्री कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गर्नुभएको छ ।
सोही रिटमा सर्वोच्चले गत वैशाख २८ गते प्रतिवादीसँग जवाफ माग गरेको थियो । यहि जेठ ९ गते मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउन आदेश समेत दिएको हो ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० साल असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गरेका एमाले सांसदले समर्थन फिर्ता लिए पछि ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले पदमुक्त गर्दै वैशाख २७ गते हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।