हमासद्वारा थप २ जना बन्दी जीवित रहेको भिडियो सार्वजनिक
एजेन्सी । हमासले थप २ जना बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप भिडियो सार्वजनिक गरेको छ।
भित्री पहिरनमा मात्र रहेका ओमिर मिरनले आफू २ सय २ दिनदेखि बन्दी भएको बताएका हुन्। केथ सिगलले सोही भिडियो एकदमैपछि खिचेको बताएका छन्। अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि दुवै जना बन्दी बनाइएका थिए । यी २ परिवारका उनीहरूलाई फिर्ता ल्याउन कुनै कसर बाँकी नरहने सिगलले बताएका छन्। श्रीमती अभिसँग अमेरिकी नागरिक सेइजा बन्दी बनाइएकी थिइन्। गत नोभेम्बरमा बन्दी रिहाइको कार्यक्रम हुँदा उनी पनि छुटेकी थिइन्।
सोही भिडियो सार्वजनिक हुनु अगाडिसम्म केइथलाई आफ्नो श्रीमानको बारेमा कुनै जानकारी नै थिएन। बन्दी बनाइएपछि नै उनीहरू सम्पर्कमा आउन सकेका थिएनन्। यस सार्वजनिक भएको भिडियोले परिवारमा गुमेको आशा पलाएको छ। अहिले इजरायलको तेल अभिभमा बन्दी रिहाइका लागि कदम चाल्नका लागि ठूलो प्रदर्शन भइरहेको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि यसमा कदम चाल्नु पर्ने बताउनुभयो ।