देउवा पक्षबाट नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्राडा शशांक कोइरालाले लामालाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्।
मनोनयन पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम लामालाई अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ।
लामाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आगामी ६ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।