इलाम-२ मा प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भएको जारी मतदानमा ६८ प्रतिशत मत खस्यो
काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि भएको जारी मतदानमा ६८ प्रतिशत मत खसेको छ ।
अहिले ४ बजेसम्मको तथ्यांक अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको हो । खसेको मत संख्याको आधारमा यो ६८ प्रतिशत मत हो । इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन् । शनिबार बिहान ७ बजेदेखि ७९ मतदान स्थलका १ सय ४९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।
सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो। इलाम-२ मा १२ राजनीतिक दलका र ७ जना स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।