एकीकृत समाजवादीको सचिवालय बैठक जारी
विधान संशोधन मस्यौदामाथि छलफल गर्न एकीकृत समाजवादीको बैठक बसिरहेको छ । ११ बजे बस्ने भनिएपनि करिब ३ घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक मिति परिवर्तन गरेर पुस २ र ३ गतेलाई सारिएको थियो । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिका साथै विधान संशोधनका लागि गठित कार्यदलले तयार पारेको विधान संशोधन मस्यौदामाथि छलफल हुने नेताहरुले बताएका छन् ।
एकीकृत समाजवादीका पार्टी कमिटी ठुला र भद्दा भएको भन्दै तिनलाई सानो आकारको बनाउने तयारी गरेको छ । सो पार्टीले उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले सचिवालय बैठकमा मस्यौदा पेस गर्नेछ ।