भारतबाट आउन छाड्यो प्याज, कालिमाटीको मूल्यसूचीबाट हट्यो
भारतले एकैपटक ४० प्रतिशत निर्यात कर लगाएपछि नेपाली बजारमा प्याज आउन छाडेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा हिजो सोमबारदेखि प्याज आउन छाडेको हो । यससँगै, विकास समितिले वेभसाइटबाट प्याजको मूल्यसूची नै हटाइदिएको छ ।
विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले हिजो सामेबारदेखि नै प्याज भित्रिन छाडेको बताए । उनले कुरा गर्दै भने, ‘हिजो र आए पनि प्याज आएन । हिजो ७८ रुपैयाँमा भएको कारोबार आइतबारको स्टक हो ।’ कालिमाटी बजारमा दैनिक १०० टन हाराहारी प्याज भारतबाट आउने गरेको थियो ।
तर, भारतले निर्यातमा कर लगाएपछि भने व्यवसायीले भारतमा महँगो भएको भन्दै आयात नै बन्द गरिदिएका हुन् । यद्यपि, अनौपचारिक माध्यमबाट भने प्याज आइरहेको छ ।