गरगहना चोरेको आरोपमा पक्राउ
चाँदीका गरहरना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सर्लाहीको ब्रहम्पुरी गाउँपालिकाको भेल्ही चोकमा रहेको गहना पसलबाट सोही गाउँपालिकाका १९ वर्षीय राजबाबु चन्द्रवंशी चाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
यस्तै उनको साथबाट बिआर३०बि ८०१० नम्बरको मोटरसाइकल र लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।