कोअर्डिनेटर अधिकारी पक्राउ सेन्ट लरेन्स कलेजका
चाबहिलको सेन्ट लरेन्स कलेजका कोअर्डीनेटर जनार्दन अधिकारी पक्राउ परेका छन् । कलेजमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि प्रहरीले क्याम्पसका कोअर्डीनेटर अधिकारीलाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्ने अधिकारी काभ्रेका हुन् । उनी नेकपा एमालेका नेतासमेत हुन् । पूर्वसञ्चारमन्त्रीका मिडिया विश्लेषकसमेत रहेका उनीमाथि प्रहरीले पक्राउसँगै घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
कोअर्डिनेटर अधिकारीमाथि छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेको आरोप छ । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।