सराङकोटमा २ अर्बमा केवलकार तयार, शुक्रबारदेखि सञ्चालनमा आउने
पर्यटकीय नगरी पोखरामा थप एक आकर्षण थपिएको छ । मुलुककै चौथो केवलकार परियोजनाका रुपमा पोखरा महानगरपालिकामा ‘अन्नपूर्ण केवलकार’ व्यवसायिक सञ्चालनका लागि तयार भएको हो ।
अन्नपूर्ण केवलकार प्रालिका सिनियर अपरेशन अफिसर डीएन कायस्थका अनुसार अब पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने छ । कुल २.१६ किलोमिटर लामो यो केवलकारमार्फत फेवाताल किनारबाट ९ देखि १० मिनेटमा सराङकोट पुग्न सकिने भएको छ ।