परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल तथा फलदायी कार्यकालको शुभकामना व्यक्त गरे।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। साथै, दुवै देशबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र मित्रतालाई आगामी दिनमा अझ प्रगाढ बनाउने विषयमा जोड दिइएको जनाइएको छ।