थप ११५७ जनामा कोरोना पुष्टि
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ९२ जना र ३ हजार ८८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८५ हजार ५३६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।