लुम्बिनीको मुख्य न्यायाधीवक्तामा सुवेदी नियुक्त
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्।
प्रदेश सरकारले प्यूठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त गरेको हो।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएपछि साउन २७ गतेदेखि उक्त पद रिक्त रहेको थियो।
सुवेदीलाई सोमबार उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नीता गौतम दिक्षितले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराएकी हुन्।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरुको सहभागितामा दिक्षितले सुवेदीलाई सपथग्रहण गराएकी थिइन्।