मुगुको नाथर्पुमा आगलागीमा परि दुई बालक गम्भीर घाइते
हिमाली जिल्ला मुगुमा गत बुधवार आगलागी हुँदा दुई बालक जलेर गम्भीर घाइते भएका छन् । मुगुको सोरु गाउपालिका–२ नाथर्पुका देविलाल बुढाका ५ वर्षीय छोरा छार्पे बुढा र हरी शाहीका ५ वर्षीय छोरा दिल शाही आगलागीबाट गम्भीर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार वडा नम्बर २ का लोकेन्द्र बुढाको ढुंगा, माटो र खरको छानो भएको गोठमा आगलागी भएको हो । आगो ताप्ने क्रममा एक्कासि आगलागी भएर पूर्ण रुपमा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।
उनले भने, ‘उक्त आगलागीमा परी दुई बालकको खुट्टा जलेर गम्भीर घाइते भएका छन् । त्यस्तै, सो आगलागीबाट करीब २५ हजार क्षति भएको छ ।