चुनाव गर्न ८ अर्ब बढी पैसा चाहिने आयोगको अनुमान
निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको छ।
आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको थियो। आइतबार नै आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छ।
आयोगले आइतबार चुनावबारे दलहरूसँग छलफल गरेको थियो। आइतबार नै आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छ। आयोगले अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेको थियो।
‘निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगिसकेको छैन। तर आठ अर्बभन्दा बढी लाग्ने अनुमान छ,’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। सरकारले वैशाख १७ र २७ मा चुनावसमेत तय गरेको छ।
तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसबारे निरन्तर सुनुवाइ भइरहेको छ।