कोरोनाको नक्कली रिपोर्ट बनाउने बढ्दै
एजेन्सी । कोरोना भाइरपछि विश्व बदलिएको छ । एक देशबाट अर्को देश जान चाहनेहरुले विमानस्थलमा आफ्नो नेगेटिभ रिपोर्ट बुझाउनुपर्छ । यस्तोमा नक्कली नेगेटिभ रिपोर्ट बनाइदिनका लागि विश्वभर गिरोहहरु सक्रिय भएका छन् । गत साता फ्रान्समा यस्तै नक्कली रिपोर्ट बोकेर भ्रमण गरेको आरोपमा ७ व्यक्ति विमानस्थलमा पक्राउ गरे ।
उनीहरुले नक्कली रिपोर्ट बनाउनका लागि ३ सय ६० युरोसम्म खर्चिएको बताएका थिए । त्यस्तै, ब्राजिलमा चारजना पर्यटकहरु नक्कली परीक्षण रिपोर्टसहित पक्राउ परेका छन् । इथियोपियामा पनि नक्कली रिपोर्ट पेश गरेर भाग्न खोजेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इङल्यान्डमा एक पूरुषले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्ताअनुसार उनी साथीको नेगेटिभ कोभिड १९ परीक्षण रिपोर्टमा आफ्नो नाम लेखेर पाकिस्तान भ्रमणमा जान सफल भएका थिए । ‘तपाईले सहजै उनीहरुको नेगेटिभ परीक्षणमा नाम र जन्मदिन बदलेर आफ्नो लेख्नसक्नुहुन्छ । तपाईलाई जुन समयको परीक्षण रिपोर्ट चाहिन्छ, त्यो पनि मिलाउन सक्नुहुन्छ,’ आफ्नो नाम नबताउने शर्तमा लान्कासायर टेलिग्राफसँग ती व्यक्तिले भनेका छन्, ‘तपाईले ईमेल डाउलोड गर्ने, त्यसलाई परिवर्तन गर्ने र परीक्षण गर्ने गर्नसक्नुहुन्छ ।’