प्रदेश १ को नामकरण गर्दा अन्य प्रदेशले पहिचानको मुद्धा वेवास्ता गरेको हो र ?
भूगोलपार्क डट कम ले गरेको अनलाइन मत सर्वेक्षण अनुसार प्रदेशको नामकरण गर्दा अन्य प्रदेशले पहिचानको मुद्धा वेवास्ता गरेको हुन् वा सबैले वेवास्ता गरेका छैनन् भन्ने प्रशनमा बराबरी ५०/५० प्रतिशत मत आएको छ ।
भूगोलपार्क डट कम ले अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको छ । यसले नेपालमा हालसम्म १२ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोलपार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
यतीखेर संघीय सरकारहरुलाई आ-आफ्ना प्रदेशको राजधानी तोक्ने र नाम राख्ने विषयमा संस्कृती, रितीरिवाज, जातिय पहिचान र भुगोललाई समेट्नुपर्ने आवाज उठिरहेपनि केही प्रदेशले विवादका बिच विषय टुंगो लगाईसकेका छन् । अब प्रदेश १ ले कसरी टुंगो लगाउँछ, चासोका साथ हेरिएको बेलामा भूगोलपार्क डट कम, नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्थाले यस्तो निष्कर्ष निकालेको छ ।
थप जानकारीको लागी :