तनहुँमा बस खस्दा १७ जना घाइते
तनहुँको आबुखैरेनीमा बस दुर्घटना हुँदा कम्तिमा १७ जना घाइते भएका छन् ।
बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।
तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट अन्दाजी ५ सय मिटर तल खसेको जानकारी दिइन् । दुर्घटना हुँदा विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई बसको पछाडिको भागले ठक्कर दिएको उनले बताइन् ।
उनका अनुसार स्कुटरमा सवार एक बच्चासहित तीन जना घाइते भएका छन् ।
'अहिलेसम्म १७ जना घाइते भएका छन् भन्ने खबर आएको छ। पूर्ण विवरण आइसकेको छैन,' उनले भनिन्,'बसमा कति जना सवार छन् घाइतेको उपचार कहाँ भइरहेको भन्ने खबर आइसकेको छैन।'