बलात्कारमा मिलापत्र : पीडितलाई एक तोला सुन दिने कपाली तमसुक
(कैलाली) बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया युवतीमाथि भएको बलात्कारमा मिलापत्र गरेको पाइएको छ । असार दोस्रो साता सिगास गाउँपालिका वडा नं ३ का दीपक सिंह धामीले बलात्कार गरेको पीडित युवितीले बताएकी छन् ।
उनले धारामा पानी भर्ना जाँदा आफूमाथि भएको दुश्कर्मबारे परिवारलाई बताइन् । तर पीडक पक्षले घटना सार्वजिनक गरे ज्यान मार्ने धम्की दिएर मिलापत्र गराएको छ ।
घटना गाउँमै मिलाउन पीडित किशोरीलाई एक तोला सुन दिने सहमति भएको पाइएको छ । आरोपीले कात्तिक ३० गतेभित्र सुन नदिए आफन्त मनोज सिंह धामी र अमर सिंह धामीले आफूहरुले तिर्ने कपाली तमसुक गरेका छन् । अहिले पीडित परिवारलाई धम्की दिन थालेपछि प्रहरी कहाँ उजुरी दिने तयारी गरेका छन् । पीडित युवती आफन्तसहित जिल्ला प्रहरी कार्यालय बैतडी पुगेकी छन् ।
प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दोषीमाथि कडा कारबाही गरिने बताए । ‘मैले पनि भर्खर घटनाबारे जानकारी पाएँ ।