कोरोनाबाट सशस्त्र प्रहरी निरीक्षक र पूर्वगाविस अध्यक्षको मृत्यु
कोरोना संक्रमणका कारण मोरङमा सशस्त्र प्रहरी निरीक्षक र तत्कालीन पथरी गाविस अध्यक्षको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
विराट मेडिकल कलेजमै मोरङको साबिक पथरी गाउँविकास समिति (गाविस) अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको पनि मृत्यु भएको छ । उनी फुटबल खेलाडी दीपक राईका बुबा हुन् । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार राईको मंगलबार बिहान ४ः३० बजेतिर र प्रहरी निरीक्षक बुढाथोकीको सोमबार राति करिब ११ः२० बजे मृत्यु भएको हो ।