दिउँसै अन्धकार बन्ने राजधानीकाे चाबहिल
राजधानीकाे चाबहिल वर्षायाममा हिलाेले र हिउँदमा धुलोले दिउँसै अन्धकार बन्ने गरेको धेरै भयो । यो काठमाडौंको रिङरोडअन्तर्गत पर्ने मित्रपार्कदेखि चाबहिल चोकसम्मको सडकखण्ड हो ।
सिंहदरबारको करिब तीन किलाेमिटर टाढा पर्ने यो सडकखण्डले गिज्याइरहेको छ ।

‘डिजिटल वडा’ बनाउने घोषणा गरेका वडाध्यक्ष शुद्धकुमार डंगोलले यो सडकखण्ड (गौशाला-चुच्चेपाटी सडक) सबैभन्दा ठूलो समस्या बनेको बताउँछन् । उनले साेही सडकका कारण अन्य राम्रा काम गरे पनि आफूहरूले वडावासीको गाली खान बाध्य भएको बताएका थिए । उनका अनुसार सबैभन्दा बढी गुनासो पनि यही सडकसँग जोडिएर आउने गर्छ ।
उनले सडकका कारण अन्य राम्रा काम गरे पनि आफूहरूले वडावासीको गाली खान बाध्य भएको बताएका थिए । उनका अनुसार सबैभन्दा बढी गुनासो पनि यही सडकसँग जोडिएर आउने गर्छ ।