उपत्यकामा २४ घण्टामा थपिए ९५७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौंमा ७७३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर आइतबार १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।