धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु
धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
उनी कात्तिक २९ गतेदेखि प्रादेशिक अस्पतालको कोरोना उपचार भवन कक्षमा भेन्टिलेटरमा उपचाररत थिइन्।