मंसिर २ गते सार्वजनिक विदा
सरकारले २ मंसिरमा सार्वजनिक विदा दिएको छ ।
किजा पूजाको अवसरमा सो दिन विदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तीमा यस्तो जानकारी दिइएको हो ।
नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।
गृहमन्त्रालयको यस निर्णयसँगै दुई आधिकारिक सरकारी निकायबीच बेग्ला बेग्लै निर्णय भएका छन् ।