आग्रामा कार दुर्घटना : तीन नेपालीको मृत्यु
(भारत) भारतको आग्रामा बिहीबार भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा २ जना पुरुष धादिङका र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।
आग्राबाट मथुरा जाँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।