बालुवाटारमा नेकपा सचिवालय बैठक जारी
(काठमाडाैं) सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ । बैठक केही समयअघि सुरु भएको हाे । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएकाे छ ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिनु भएकाे थियाे । तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी हुनुभएकाे छ । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सार्नुभएकाे थियाे ।
कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेस गर्नुभएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गर्दै आउनुभएकाे थियाे ।